
२७ असोज, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका एक किशोर हराएका छन् । गोदावरी–१ का १६ वर्षीय विराज भनिने विष्णु भट्ट शुक्रबार साँझदेखि हराएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले विष्णु शुक्रबार घरबाट हराएको भन्दै परिवारका सदस्यले खोजीका लागि निवेदन दिएको बताए ।
घरबाट एक्लै निस्किएका भट्टको खोजी भइरहेको प्रहरीले जनाएको छ । भट्ट आफन्त तथा परिवारका कुनै पनि सदस्यको सम्पर्कमा नआएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका हुन् ।
उनलाई कतै देखेमा नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आफन्त र प्रहरीले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4