+
+

उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा नरेन्द्र महर्जन नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १८:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।

महासंघका कार्यकारिणी समिति सदस्य हरिबहादुर कार्कीको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन फोरम गठन भएको थियो । समितिको सल्लाहकारमा निर्देशक आकाश अधिकारी नियुक्त भएका छन् ।

यसबाहेक अन्य केही कलाकार र खेल क्षेत्रका विज्ञलाई समेटेर फोरमको कार्यसमितिलाई पूर्णता दिइएको छ । नियुक्ति पत्र बुझेपछि अनलाइनखबरसँग कुरा गर्दै महर्जनले फिल्मलाई उद्योगको रुपमा विकास गर्न आफू दत्तचित्त भएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?