+

वैकुण्ठ मानन्धरलाई २५ हजार राशि सहित उज्ज्वल तारा खेल सम्मान

२०८० असोज  २७ गते २०:११ २०८० असोज २७ गते २०:११
वैकुण्ठ मानन्धरलाई २५ हजार राशि सहित उज्ज्वल तारा खेल सम्मान

२७ असोज, काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार रुपैयाँ नगद सहित ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरेको छ ।

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५५५ रुपैयाँको राशिमा अरु ९ हजार ४४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान शनिबार धावक मान्धरलाई प्रदान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले धावक मानन्धरलाई नगद पुरस्कार र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए । विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक विष्णु कार्कीले बताए ।

करीव ७ सय धावक सहभागी दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई पहिलो, अजितकुमार यादव दोस्रो र श्रीकेश राई तेस्रो भए । महिला खुलातर्फ निर्मला केसी पहिलो, पदमकुमारी सुनुवार दोस्रो र स्वस्तिका तिन्वा तेस्रो भए । पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाए ।

दौडका सहभागीबाट नाम दर्ता शुल्क वापत संकलन गरिएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिने दौडका संयोजक कार्कीले बताएका छन् ।

वैकुण्ठ मानन्धर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय