+
+

दर्शक फकाउँदै ‘परदेशी २’, सप्ताहन्त ओपनिङ कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते ११:३६

काठमाडौं । दशैं छेकोमा रिलिज भएको सोसल-ड्रामा ‘परदेशी २’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । ‘वर्ड अफ माउथ’ सकारात्मक रहे फिल्मले दशैं बिदामा राम्रो कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।

शुक्रबार बिहान र दिउँसो न्यून अकुपेन्सी देखिएपनि अपरान्ह र बेलुकीको शोजमा बढोत्तरी भएको थियो । शनिबार फिल्मको देशब्यापी अकुपेन्सी ५० र ८० प्रतिशतको बीचमा देखियो जुन उत्साहजनक अवश्य हो ।

यद्यपि, चलचित्र विकास बोर्डले आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । निर्माता राजेश वंशलले पहिलो सप्ताहन्त फिल्मलाई मिलेको दर्शकको साथले आफूहरु हर्षित रहेको बताए ।

‘दर्शक हलबाट निस्कँदा भावुक देखिए । फिल्मले घरी हँसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीर बनेको देखियो’ वंशलले भने, ‘साथीभाइ र परिवारसहित पुगेर दर्शकले फिल्म हेरेका छन् ।’

‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल खचाखच देखिए’ निर्देशक नारायण रायमाझीले भने, ‘हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतबारको सार्वजनिक बिदामा पनि फिल्मलाई फाइदा हुने देखिन्छ ।

फिल्मका निर्माता र कलाकार हलमा पुगेर दर्शकसँग फिल्म हेरिरहेका छन् । यस्तो दृश्य शनिबार पनि देखियो । डेब्यु अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा सिवाकोटी पनि हलमा पुगेको देखिए । उनीहरुले दर्शकसँगै तस्वीर पनि खिचाइरहेका छन् ।

आठवर्षपछि रायमाझी निर्देशित ‘परदेशी’को दोस्रो श्रृंखला रिलिज भएको हो । ‘घटस्थापना’को दुई दिनअघि रिलिज भएको फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?