
काठमाण्डौं । फिल्म ‘तेल भिसा’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले सह-निर्माण गर्ने भएको छ । सेभेन सिजका तर्फबाट प्रतीक सुवेदी र निर्माता कम्पनी वेलडन क्रिएसनका तर्फबाट निर्देशक शंकर घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सेभेन सिजले फिल्मको निर्माणमा ५० प्रतिशत लगानी गर्ने सम्झौतासहित फिल्मको विश्वब्यापी वितरणको अधिकार समेत लिएको छ ।
फागुनदेखि छायांकन सुरु हुने जनाइएको फिल्मको शीर्ष भूमिकामा बिपिन कार्की अनुबन्धित भैसकेका छन् । फिल्मको बाँकी लाइनअप तिहारपछि घोषणा गरिने जनाइएको छ ।
फिल्ममा कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिदैछन । नेपालसहित अमेरिकामा छायांकन हुने बताइएको फिल्मको कथा राम्रो लागेर निर्माणमा सहकार्य गर्न लागिएको सेभेन सिजले जनाएको छ ।
अष्ट्रेलियाली वितरक विनोद पौडेल, युएईका रमेश ढकाल र अमेरिकाका प्रतीक मिलेर सेभेन सिजन कम्पनी स्थापना गरेका हुन् । यो कम्पनीले हलमा चलिरहेको ‘परदेशी २’सहित प्रदर्शन तयारीमा रहेका भष्मे डन, कार्साङ, अगस्त्य, डिग्री माइलाको प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।
प्रतिक्रिया 4