
२८ असोज, काठमाडौं । दशैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुलै रहने भएको छ । विभागले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
विभागकाअनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहने भएका छन् ।
यसबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको छ ।
यस्तै तिहारमा समेत भाइटिकाको दिन (२९ कात्तिक)मा मात्र पुरै कार्यालय बन्द हुने छ ।
अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।
यो पर्यटकीय मौसम हो । सोहीकारण विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिहरुका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4