
काठमाण्डौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक फिल्मको टिजरले कथावस्तुबारे प्रकाश पार्छ ।
गौरव पहारी र सुनिल थापाको शीर्ष भूमिका रहेको फिल्मबाट इओन लिम्बू र सिमोन गुरुङले डेब्यु गर्दैछन् । प्रेम, रोमान्स र बदलाको कथावस्तुमा बनेको फिल्ममा प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ लगायतको अभिनय छ ।
मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत छ ।
उदय सुब्बाका लागि गौरव पहारी एक ‘लक्की चार्म’जस्तो लाग्छ । संक्षिप्त दृश्य नै सही, हरेक फिल्ममा गौरवलाई उनले कास्ट गरेका छन् । गौरवको गत साताको इन्गेजमेन्टमा समेत उदय बधाई दिन पुगेका थिए ।
‘दुई कदम’ मंसिर २९ गते प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4