+
+

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १७:१९

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ ।

त्यसका लागि इजरायली सेना गाजाको सीमा नजिकै भेला भइरहेको बीबीसीले जनाएको छ ।

गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाई हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती सैनिकलाई भेटेको तस्वीर र भिडियो पनि सार्वजनिक भएको छ ।

गाजाको सीमा क्षेत्रमा इजरायलले यसअघि नै ट्यांक तैनाथ गरेको थियो ।

इजरायली सेनाले उत्तर गाजा खाली गर्न स्थानीय बासिन्दालाई दिएको २४ घन्टाको समय पूरा भइसकेको छ । सेनाले उनीहरुलाई ठाउँ खाली गर्न थप ३ घन्टाको समय दिएको र त्यो समयमा उसले कुनै पनि कारबाही नगरेको बीबीसीले जनाएको छ ।

इजरायलले खाली गर्न निर्देशन दिएको ठाउँमा ११ लाख प्यालेस्टाइनी नागरिक छन् ।

जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?