+

विश्वकप क्रिकेटमा अफगानिस्तानले दियो इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य

२०८० असोज  २८ गते १८:१० २०८० असोज २८ गते १८:१०
विश्वकप क्रिकेटमा अफगानिस्तानले दियो इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य

२८ असोज, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा पहिला ब्याटिङ गरेको अफगानिस्तान खेल सकिन १ बल बाँकी छँदै २८४ रनमा अल आउट भयो । ओपनरद्वय रमानुल्लाह गुरबाज र इब्रहिम जारदनले उत्कृष्ट सुरुवात गरेका थिए ।

टिमको स्कोर ११४ रन हुँदा जरदार व्यक्तिगत २८ रनमा आउट भए । अर्का ओपनर गुरबाजले ८० रन बनाए । इक्राम अलिखिलले ५८ रन बनाए ।

इंग्ल्याण्डका अदिल रसिदले ३ तथा मार्क उडले २ विकेट लिए ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय