+
+

सामसङको २०२३ टिभी सिरिज नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २०:२५

काठमाडौं । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागसीप फिचरहरु जडित रहेका छन् । सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नका लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसैसँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगका पनि प्रगोग गरिएको छ । यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका २०२३ टिभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध रहेको छ ।

यी सिरेजमा कनेक्टेड एक्सपिरियन्स ग्राहकका घरमा ल्याउन सक्षम हुने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए ।

कम्पनीका अनुसार नयाँ २०२३ लाइन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । हाइ डाइनामिक रेन्जबाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सकिने कम्पनीको भनाइ छ । ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउने कम्पनीले बताएको छ ।

यस्ता छन् विशेषताहरु

प्रिमियम डिजाइन

घरको कुनै पनि ठाउँमा फिट गर्न सकिने गरी डिजाइन गरिएको छ । नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीको डिजाइन उत्कृष्ट भएको र घरमा भएको कुनै पनि प्रकारको पर्खाल र सजावटको सौन्दर्यमा समायोजन गर्न सकिन्छ । जसबाट यसको एयरस्लिम डिजाइनको कारणले जता पनि घुलमिल्छ । यसको एडजस्ट गर्न मिल्ने हाइटले गर्दा यो कुनै पनि कोठा र कुनै पनि ठाउँका लागि फिट हुन्छ ।

स्लिम सोलार पावर्ड रिमोट

एक पूर्ण ब्याट्री–रहित रिमोट कन्ट्रोल जसलाई कोठाको बत्तीहरू र वाइफाइ राउटरहरूबाट उत्सर्जित अतिरिक्त ऊर्जा मार्फत चार्ज गर्न सकिने स्लिम सोलार पावर्ड रिमोट मिनिमलिस्टिक कुञ्जीहरू र बिल्ट–इन माइक्रोफोनको साथ आउँछ।

१०० प्रतिशत करल भोल्युम

२०२३ टिभीहरूले एक बिलियन ट्रु कलर्सको चमक देखाउँदछ, जसले समृद्ध र जीवन्त रङहरूको अरबौं सेडहरू, र यसको प्रोसेसर जसले लो–रिजोल्युसन तस्विरहरूलाई उच्च फोके डिस्प्लेमा अपस्केल गर्दछ।

भीडीईद्वारा प्रमाणित, प्रयोगकर्ताहरूले रङ्गको रेन्ज र पिक ब्राइटनेसको सुधारिएको दायराको आनन्दको साथ पहिले भन्दा धेरै विस्तृत विवरणहरूमा आफ्ना मनपर्ने कन्टेन्टहरूको आनन्द लिन सक्छन् । जसले स्क्रिनलाई जतिसुकै चम्किलो रूपमा उज्यालो वा अँध्यारो भए तापनि धेरै फरक रङहरू वास्तविकतामा ल्याउन सक्छ ।

थ्रीडी साउण्डको मजा लिन सकिन्छ

ओब्जेक्त ट्र्याकिङ साउन्ड लाइटले दुई भर्चुअल टप स्पिकरहरूको प्रयोग गरी घरको आरामबाट सिनेमेटिक थ्रीडी साउण्डको मजा लिन दिन्छ ।

ओटियस लाइटले स्क्रिनमा भएका तत्वहरूको चालहरू ट्र्याक गर्छ र त्यो तत्वको स्थानसँग मेल खाने ध्वनि उत्पादन गरी गतिशील थ्रीडी–जस्तो ध्वनि अनुभव सिर्जना गर्दछ।

बिल्ट–इन एआई भोइस असिस्टेन्ट

बिक्सबी, एक बिल्ट–इन एआई भ्वाइस असिस्टेन्टले कन्टेन्टको सहज आनन्द दिन्छ । बोलेरै कनेक्टेड डिभाइस प्रयोग गरी आफूले चाहेको कन्टेन्ट फेला पार्न सकिन्छ ।

कति छ सुरुवात मूल्य ?

सामसङ गेमिङ हबको साथ कन्सोल बिना नै तुरुन्तै सबै उत्कृष्ट कन्सोल गेमहरू, स्ट्रिमिङ गेमहरू र थप सबैलाई एकै ठाउँमा पाउनुहोस् र स्क्रिनमा हुने चालहरू अनुकूलन गर्नको लागि स्मूथ मोशन प्रदर्शन, स्वचालित समायोजनको साथै मोशन एक्सलेरेटरले ल्याउने स्पष्ट चित्र र प्रदर्शनहरूले ग्राहकको गेमिङ अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले बताएको छ ।

नयाँ क्रिष्टल यूएचडी सीयू७७००, सीयू८०००, क्यूएलईडी टिभीएस क्यू६०सी श्रृृङ्खलाहरू २०२३ सी–सिरिजको यो दशैं र तिहार विशेष अफरमा उपलब्ध छन ्। यस अफर मार्फत सामसङ टिभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी अवधिको मजा लिन सकिने कम्पनीले बताएको छ ।

चाडपर्व अफरमा नयाँ सी–सिरिजको मूल्य विशेष ७२ हजार १५९ रुपैयाँबाट सुरु हुने कम्पनीले बताएको छ ।

नयाँ २०२३ सामसङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक दिस्त्रिब्युतर त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन ्। ग्राहकले सामसङबाट ० प्रतिशत ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झट मुक्त इन्स्टा फाइनान्समा खरिद र अर्कोस्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?