+
+

‘टाइगर ३’ दुई दिन पछि सर्दा ‘दिमाग खराब’लाई हुन सक्छ दुई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १४:१८

काठमाडौं । सलमान खान स्टारर भारतीय फिल्म ‘टाइगर ३’ को प्रदर्शन मिति दुई दिन पछि सर्दा यसबाट सबैभन्दा ठूलो राहत नेपाली फिल्म ‘दिमाग खराब’लाई हुने देखिएको छ ।

बलिउड निर्माता यशराज फिल्म्सले सोमबार सार्वजनिक गरेको ट्रेलरमा ‘टाइगर ३’ को रिलिज मिति कात्तिक २६ गते आइतबार, लक्ष्मीपूजा उल्लेख छ । ‘दिमाग खराब’ कात्तिक २४ गते प्रदर्शन हुँदैछ । यसअघि यी दुई फिल्म एकैदिन आउने तयारीमा थिए ।

अब ‘टाइगर ३’ दुई दिन पछि सर्दा ‘दिमाग खराब’लाई दुई स्पष्ट फाइदा हुनेछ । जसमा बक्स अफिस ओपनिङ आक्रामक हुन सक्छ र अर्को, टाइगर ३ ले अकुपाइड गर्न सक्ने शो पनि ‘दिमाग खराब’ले प्राप्त गर्नेछ । जसले गर्दा निश्चल बस्नेत निर्देशित फिल्मको कमाइमा बढोत्तरी हुनेछ ।

ओपनिङमा राहत मिले पनि विकडेजमा भने ‘टाइगर ३’ को दबदबा स्पष्ट देखिनेछ । यदि वर्ड अफ माउथ सशक्त मिलेको खण्डमा ‘दिमाग खराब’ले विकडेजमा पनि राम्रो कमाइ गर्न सक्छ ।

सोमबार सार्वजनिक भएको ट्रेलर हेर्दा ‘टाइगर ३’ को हाइप उच्च देखिएको छ । यसका अघिल्ला श्रृंखलाले पनि नेपाली बक्स अफिसमा उत्कृष्ट कमाइ गरेका छन् । अर्कोतर्फ, नेपाली स्टारहरुले भरिएको ‘दिमाग खराब’ पनि सोही छेकोमा आउँदा हुने प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?