+
+

माधव नेपाल भन्छन्- समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १६:४८

२९ असोज, धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी माेर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गरेका छन् ।

उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताए ।

‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा नेपालले भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’

आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उनले बताए ।

नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गरे । ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन्,’ नेपालले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?