
२९ असोज, झापा । नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकूर घुससहित रङ्गे हात पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले १ लाख २५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट ७० हजार नगद र ५५ हजारको चेकसमेत बरामद गरेको आयोगले जनाएको छ ।
पक्राउ परेका उनलाई चन्द्रगढीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4