+

गोलीकाण्डपछि बेल्जियम र स्वीडेनबीचको खेल रद्द

२०८० असोज  ३० गते ८:३३ २०८० असोज ३० गते ८:३३
गोलीकाण्डपछि बेल्जियम र स्वीडेनबीचको खेल रद्द

३० असोज, काठमाडौं । युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ ।

ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो र पछि रद्द गरिएको यूईएफएले जनाएको छ ।

‘आज साँझ ब्रसेल्समा भएको संदिग्ध आतंकवादी हमलापछि, दुई टोली र स्थानीय प्रहरी अधिकारीहरूसँगको परामर्शपछि बेल्जियम र स्वीडेनबीचको यूईएफए युरो २०२४ को छनोट खेल रद्द गर्ने निर्णय गरिएको छ,’ यूईएफएले आफ्नो वेबसाइटमा एक  विज्ञप्तिमा जारी गर्दै भनेको छ ।

गोलीकाण्डपछि एक व्यक्तिले सोशल मिडियामा पोस्ट भएको एक भिडियोमा आफू आक्रमणकारी भएको इस्लामिक स्टेटबाट भएको दाबी गरेपछि  बेल्जियमले उच्चस्तरको सजगता अपनाएको छ ।

खेल रोकिनुअघि दुवै टोलीले एक/एक गोल गरेका थिए । भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए ।

समर्थक र खेलाडीहरुलाई किङ बाउडोउन स्टेडियममै बस्नका लागि आग्रह गरिएको थियो र पछि उद्धार गरिएको थियो ।

स्वीडिस मिडियाका अनुसार मृत्यु भएका हरुले स्वीडेन टिमको जर्सी लगाएका थिए ।

युरोकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय