
३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् ।
सरकारले गैरआवासीय नेपाली नागरकिता प्रदान गरेपछि अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
‘नागरिकता पेपर मात्र होइन, यो अभिभारा पनि हो । अभिभारा काँधमा थपिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले समृद्ध नेपालमा योगदान पुर्याउनुपर्ने छ ।’
उनले यो नागरिकतालाई पूर्ण अधिकारसहित निरन्तरता दिन मागसमेत गरे ।
सरकारले आफूहरुको माग पूरा गरेकोमा उनले धन्यवादसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4