२९ असोज, काठमाडौं । चीनको हान्झाउमा हुने चौथौं पारा एसियन गेम्समा सहभागी हुने पारा खेलाडीहरुलाई एनसेलले सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन पाएको भन्दै एनसेलले अत्यन्तै गौरवान्वित भएको बताएको छ ।
पारा एसिएन गेम्सका १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाइ गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे ।
एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।
यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।
प्रतिक्रिया 4