
काठमाडौं । अग्नी ग्रुपले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड शोरूम सञ्चालनमा ल्याएको छ ।
मंगलबार सञ्चालनमा ल्याइएको नयाँ शोरुमबाट महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभीहरु स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’ ) सार्वजनिक गरेको छ ।
नयाँ शोरुमबाट ती गाडीहरु बिक्री गर्नुका साथै सेवा र पार्टपुर्जासहितको सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
काठमाडौंमा र इटहरीमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा दोस्रो आधिकारिक शोरूम बनेको कम्पनीको भनाइ छ ।
नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शोरुमको उद्घघाटन नेकपा एमालेका नेता रघुविर महासेठले गरेका हुन् ।
महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्राले कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको बताए ।
ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालका अनुसार अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतिहरुलाई सामना गर्ने महत्वाकांक्षा र क्षमता झल्काउने बताए ।
अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउँदै निश्चित रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
एक्सयूभी३०० तीन भेरियन्टमा डब्लू४, डब्लू६ र डब्लू८ मा उपलब्ध रहेको कम्पनीले बताएको छ । जसको मूल्य ४२ लाख ९५ हजार रुपैयाँदेखि सुरु भएर ६० लाख रुपैयाँसम्म तोकिएको छ ।
VARIANT | PRICING |
XUV 300 W4 PM MT 2WD 5STR | 42,95,000 |
XUV 300 W6 PM MT 2WD 5STR | 49,95,000 |
XUV 300 W8 PM MT 2WD 5STR | 57,50,000 |
XUV 300 (O) PM MT 2WD 5STR | 60,00,000 |
कम्पनीका अनुसार अल–न्यू स्कर्पियो–एनले वयस्क र बालबालिकाको सुरक्षाका लागि क्रमशः ५–स्टार र ३–स्टार रेटिङ हासिल गरेको छ । स्कर्पियो–एन नेपाली बजारका लागि जेड४ र जेड८ भेरियन्टहरूमा उपलब्ध रहेको छ । जसको प्रारम्भिक मूल्य ८१ लाख ५० हजार रुपैयाँदेखि १ करोड २४ लाख रुपैयाँसम्म तोकिएको छ ।
VARIANT | PRICING |
SCORPIO N DIESEL Z4 2WD MT 7STR | 8,150,000.00 |
SCORPIO N DIESEL Z4 4WD MT 7STR | 9,000,000.00 |
SCORPIO N DIESEL Z8 4WD MT 7STR | 11,400,000.00 |
SCORPIO N DIESEL Z8 4WD AT 7STR | 12,400,000.00 |
कम्पनीका अनुसार एक्सयूभी ७०० नेपाली बजारमा तीन वटा भेरियन्टमा उपलब्ध छन् । एएक्स३, एएक्स५ र एएक्स७ल भेरियन्टहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ । जसको सुरुवाती मूल्य ७४ लाख रुपैयाँदेखि १ करोड १० लाख रुपैयाँसम्म तोकिएको छ ।
VARIANT | PRICING |
XUV 700 AX3 MT PET FWD 5STR | 74,00,000 |
XUV 700 AX5 MT PET FWD 5STR | 81,00,000 |
XUV 700 AX5 MT PET FWD 7STR | 83,00,000 |
XUV 700 AX5 AT PET FWD 5STR | 89,00,000 |
XUV 700 AX7L MT PET FWD 7STR | 1,05,00,000 |
XUV 700 AX7L AT PET FWD 7STR | 1,10,00,000 |
प्रतिक्रिया 4