
१ कात्तिक, काठमाडौं । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन् ।
यूएईविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । सोमपाल कामीले विकेट लिएका हुन् ।
मुलपानी स्टेडियममा नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् ।
आज नेपालको टिमबाट सन्दीप लामिछानेको स्थानमा श्याम (मौसम) ढकालले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4