+
+

कमाने आमालाई पुष्पणले पठाए गीतको खबर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १३:१४

काठमाडौं । पुष्पण प्रधान भनिसक्दा नेपाली स्रोताको मनमा ‘पन्छी’ गीत आउँछ । उनले गाएका बाबुको जुंगो, भाग्यमानी लगायत थुप्रै गीत लोकप्रिय छन् । उनै पुष्पणको नयाँ गीत, जहाँ उनको जीवनको बाल्यकाल फर्किएको छ । अनि त्यससँगै चियाबारीको कथा पनि ।

भारत पश्चिम बंगालको डुवर्समा पुष्पण जन्मिए । सानैदेखि उनको आँखाअघिल्तिर चिया बगान थियो । चियाबारीका बारेमा रमाइला मीठा कुरा सुन्दै उनी हुर्किए । तर चिया किसानहरुको वास्तविक मर्का बुझ्न चाहिं उनले कलायात्रा नै गर्नुपर्‍यो ।

पुष्पणले त्यसै अनुभव र पीडामा आधारित कमाने आमा शीर्षकको गीत भर्खरै सार्वजनिक गरेका छन् । यो गीत पुष्पण अनि सारथीहरु ब्यान्डले तयार पारेको हो । उनले यो गीतमार्फत चिया बगानभित्रको वास्तविक कथालाई संगीतमा बुन्ने प्रयास गरिएको छ । पुष्पण र सारथीहरुले भर्खरै इन्डो–नेपाल संगीत यात्रा सकेपछि सिर्जना गरेको गीत हो कमाने आमा ।

पुष्पणको स्वर र शब्दलाई डा. शरद् सिन्हाले संगीत सिर्जना गरेका छन् ।

बिहानीपख मिच्दै ती आँखा पुग्दछिन् चुलोमा

सातको साइरनसँगै लौ साइँली पुग्नु छ मेलोमा

‘चिया मजदुरहरुको पीडा व्यथा बुझ्न थालेपछि नै मलाई यो गीतको निर्माण गर्ने चाहना भएको थियो, अहिले पनि हेर्नुस् न, दशैंमा मजदुरले बोनस लगायत केही पनि पाएनन्,’ भारतको डुवर्सबाट अनलाइनखबरसँग फोनमा पुष्पणले भने, ‘यस्ता अनेकौं दुःखलाई मैले गीतमा सुनाउन खोजेको हुँ ।’

उनका अनुसार भारत र नेपाल दुवैतर्फका संगीतकर्मी तथा कलाकारहरु उनको यो प्रोजेक्टमा जोडिएका छन् । गीतलाई सान्तना रेकर्डसले उत्पादन गरेको छ ।

कविता नेपाल, ललिता विष्ट, प्रतीक्षा आचार्य, सविता पोखरेल, लोमश पौडेललगायतको अभिनय छ । भारतको डुवर्स हुँदै मेची खोला तरेर कथा नेपालतिर पनि फैलिन्छ । किनभने भारतेली र नेपालीहरुलाई चियाले एकसाथ जोडेको छ । अनि चियासँगै गाँसिएर आउने दुःख-सुखहरुले पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?