+
+

कोशी प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्छ : राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १३:५३

१ कात्तिक, विराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताएका छन् ।

पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् ।

‘प्रदेशसभामा भएका दुखान्त अभ्यासले, बिर्सनलायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुसिसात हुँदै गएको छ । प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको छ’ बुधबार कोशी प्रदेशसभा बैठकमा उनले भने, ‘प्रदेशसभा विघटन भएर, मध्यावधिमा गएर फ्रेस जनमत ल्याएर यसलाई पुनर्जीवित गर्नुपर्नेछ ।’

मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले यस्तै विषयमा पटक पटक बोल्नुपर्दा अप्ठेरो लागेको बताए ।

कोशी प्रदेश सभाले प्रचलित नैतिक मूल्य मान्यता पटक पटक उल्लंघन गर्दै आएको पनि राईले बताए ।

एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले अध्यादेशबाट बजेट ल्याउनु, प्रदेशको नामकरण गर्दा संशोधन दर्ता गर्ने समय पनि नदिई हतारमा पारित गर्नु यसको उदाहरण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?