+
+

केदार कार्कीले कुनै बहादुरी गरेका होइनन् : राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १४:०७

१ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी नगरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिंदै राईले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको पनि बताए ।

‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीयज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’ उनले अघि भने, ‘सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने ४ जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’

कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए ।

अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर कुनै बहादुरी नगरेको भन्दै एकीकृत समाजवादीका संसदीय दलका नेता राईले भने, ‘यो कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म र भावनालाई आत्मसात् गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?