१ कात्तिक, काठमाडौं । न्यूक्यासल स्टार सान्ड्रो टोनालीले एसी मिलानसँगको खेलमा सट्टेबाजी गरेको स्वीकार गरेका छन् ।
यो विषयमा हाल अनुसन्धान भइरहेको छ, उनले सट्टेबाजी गरेको प्रमाणित भए ३ वर्षको प्रतिबन्ध लाग्न सक्छ ।
टोनालीले आफूले खेलेको खेलमा भने सट्टेबाजी नगरेको बताएका छन् । आयोजकले ३ घण्टा लामो सोधपुछ पश्चात उनले आफूले बेटिङ गरेको कुरा स्वीकार गरेका हुन् । यदि उनले आफूले खेलेको खेलमा सट्टेबाजी नगरेको पाइएमा भने कारबाही हुने छैन ।
त्यसो भए पनि टिममाथि सट्टेबाजी गरेको आरोपमा उनीमाथि इटालियन फुटबल संघ(एफआइजीसी)ले ३ वर्ष लामो प्रतिबन्ध लगाउनेछ ।
उनले आफूलाई सट्टेबाजीको लत लागेको बताएका छन् ।
यसअघि पनि इटालीका अन्तर्राष्ट्रिय खेलाडी तथा युभेन्टसका मिडफिलडर निकोलो फागियोलीलाई पनि सात महिनाको प्रतिबन्ध, जरिवाना र थेरापीको सजाय सुनाइएको थियो ।
उनले गल्ती स्विकार गरेपनि उनीमाथिको अन्य जाँच भने एफआईजीसीले गर्नेछ ।
२३ वर्षीय टोनालीमाथि सट्टेबाजीको बेवसाइट प्रयोग गरेकोमा भने ठूलो जरिवाना लाग्न सक्छ । यो कुरा भने उनको मोबाइल फोन र ट्याबलेटबाट प्रमाणित भइसकेको छ ।
प्रतिक्रिया 4