+
+

दाङमा एक लाख लुटेर भाग्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते २०:३७

१ कात्तिक, दाङ । दाङमा एक लाख रुपैयाँ लुटेर भागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ निवासी २१ वर्षीय आयुष विक र सोही ठाउँ निवासी १८ वर्षीय सुनिल मगर रहेका छन् ।

बुधबार दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिका-८ का दिनेश वलीले बैङ्कबाट निकालेको एक लाख रुपैया विक र मगरले लुटेर भागेका थिए । घटना लगत्तै खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१० राइखल्यानबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ परेको दुईजनाबाट एक लाख रुपैया र एक थान मोबाइल बरामद गरिएको इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?