
१ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । कार्यालयले बुधबारबाट सेवा शुभारम्भ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जानकारी गराएको छ ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा विस्तार गरेको हो ।
२०७८ चैत १७ गतेको मन्त्रिपरिषद वैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोगवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले कार्यालय स्थापना गर्न निर्देशन दिएकी थिइन् ।
कार्यक्रममा मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा विभिन्न प्राविधिक समस्या भोग्नुपर्ने भन्दै उनले गुनासा न्युनीकरणमा आफू लागि परेको जानकारी दिइन् ।
आम नागरिकहरुबाट आएको सुझावलाई मध्यनजर गरी आवश्यकताका आधारमा आगामी दिनहरुमा पनि शाखा विस्तार गर्दै जाने उनको भनाइ छ ।
प्रतिक्रिया 4