+

साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक, १४२ रनमा आउट

२०८० कात्तिक  २ गते १०:०५ २०८० कात्तिक २ गते १०:०५
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक, १४२ रनमा आउट

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार शतक प्रहार गरेका छन् ।

मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरे ।

उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।

आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।

 

अर्जुन कुमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय