+
+

शान्ति र अहिंसाको सन्देश दिंदै नेपालले मिस युनिभर्समा ‘नेसनल कस्ट्युम’ प्रस्तुत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १३:५४

काठमाडौं । आगामी मिस युनिभर्सको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले शान्ति र अहिंसाको सन्देश दिने भएको छ । यो प्रतिष्ठित नेपाली ब्युटी पेजेन्टले बिहीबार ‘शान्तिको बाटोतर्फ’ थिममा राष्ट्रिय पोशाक सार्वजनिक गरेको छ ।

यो कस्ट्युमलाई मिस युनिभर्स नेपाल-२०२३ की विजेता जेन दीपिका गारेटले मिस युनिभर्सको स्टेजमा प्रस्तुत गर्नेछिन् । मिस युनिभर्सको फिनाले आगामी मंसिर २ गते शनिबार एल साल्भाडोरमा आयोजना हुँदैछ ।

मिस युनिभर्स नेपालले विज्ञप्ति जारी गर्दै मिसाइल प्रहारले विश्व ध्वंशतर्फ उन्मुख भइरहँदा शान्तिको सन्देश प्रवाह गर्ने थिममा राष्ट्रिय पोशाक तयार पारिएको उल्लेख गरेको छ । तस्वीरमा दीपिकाले हातमा पिंजडा समातेको देख्न सकिन्छ । उनी युद्धले क्षतिग्रस्त खण्डहरमाथि उभिएर शान्तिको पुकार गरिरहेकी छन् ।

उनको टाउकोमा बम प्रहारको मुस्लोलाई सांकेतिक रुपमा दर्शाइएको छ । ‘हामीले यो बलियो अवधारणालाई कलात्मक पहिरनमार्फत नेपाल शान्तिप्रेमी देश हो भन्ने सन्देश दिन चाहन्छौं । नेपालले लामो समयदेखि शान्तिपूर्ण सहअस्तित्व, सांस्कृतिक विविधता र अहिंसाप्रति प्रतिबद्धता जनाइरहेको छ । नेपाल तटस्थ र सहिष्णु मुलुक समेत हो,’ विज्ञप्तिमा भनिएको छ ।

काव्या बुटिकले तयार पारेको यो डिजाइनमा मिस युनिभर्स नेपाल ग्यारेट आकर्षक देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?