+
+

भीयूसीएलले भन्यो- ज्ञान हस्तान्तरणका लागि युरोप भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:०३

२ कात्तिक, काठमाडौं । सरकारी कम्पनी विद्युत उत्पादन कम्पनी (भीयूसीएल)ले ऊर्जा मन्त्रालयका अधिकारीहरु र कम्पनीका पदाधिकारीहरु ‘ज्ञान हस्तान्तरण (नलेज ट्रान्सफर) र निरीक्षण सुपरीवेक्षण (इन्सपेक्सन सुपरभिजन)’का लागि युरोप भ्रमणको प्रक्रिया अघि बढाएको बताएको छ ।

ऊर्जा मन्त्रालय र अन्तरगतका निकायहरुका अधिकारीहरु विदेश भ्रमणमा रहेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा कम्पाीबारे उल्लेखित प्रशंगहरुमा ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले समाचारको खण्डन गरेको छ ।

मुगु कर्णाली जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको सम्झौतामा नै परामशर्दाता नेपाल विद्युत प्राधिकरण अन्तरगतको एनईए इन्जिनियरिङले यो भ्रमण गराउने विषय उल्लेख रहेको कम्पनीले बताएको छ । ‘.. एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले मिति २०७९/१२/०८ मा पठाएको तालिम सम्बन्धी प्रस्तावलाई कम्पनीको मिति २०७९/१२/१५ को सञ्चालक समितिले स्वीकृत गरेको र सोही आधारमा प्रकृयामा रहेको छ,’ कम्पनीले भनेको छ,‘युरोप भ्रमणको तालिका र सुर्य प्रकाश पाण्डेयको १० तहमा करार नियुक्तिको कुनै साइनो वा सम्बन्ध पनि नरहेको यर्थाथता जानकारी गराइन्छ ।’ खुला प्रतिस्पर्धाबाट करार सेवामा १ वर्षको लागि पाण्डेयलाई आयोजना प्रमुखका रुपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले युरोप भ्रमण तालिका प्रक्रिया रहेको बताएपनि कहाँ, कस्तो ज्ञान हस्तान्तरणसहित इन्स्पेक्सन सुपरभिजनका लाटि टोली जान लागेको हो भन्ने बताएको छैन । ‘ज्ञान हस्तान्तरण’का लागि कम्पनीले ऊर्जा मन्त्रालयका सहसचिवहरु समेत टिममा राखेर युरोप लैजान लागेको भन्दै कम्पनीभित्रै असन्तुष्टि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?