
२ कात्तिक, काठमाडौं । बिहीबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाइँको पूर्वाभ्यास गरेको छ ।
फूलपाती तयारको लागि शुक्रबार अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाइँ समारोहको पूर्वाभ्यास गरेको हो ।
यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा अभ्यास प्रस्तुत गरेको थियो । त्यस्तै हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो भने इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास सहितको अभ्यास गरिएको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4