+
+

सीजी ब्रुअरीले बोनस दिएन, मजदुरले कुटे व्यवस्थापक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १८:२८

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले दशैं बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरहरु आन्दोलित भएका छन् । दुम्कौलीस्थित सिजी ब्रुअरीको उद्योगले अन्यापूर्ण तरिकाले बोनस नबाँडेको भन्दै आन्दोलित कर्मचारीले कम्पनीका व्यवस्थापनका अधिकारीहरुलाई समेत कुटपिट गरेका छन् ।

बुधवार बिहानैदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । वार्तामा बसेर छलफल गर्न व्यवस्थापन तयार नभएको मजदुरहरुको दाबी छ । कम्पनीले नाफा कमाइरहे पनि बाहनाबाजी गरेर बोनस नबाँडिएको मजदुरहरुको गुनासो छ । नेपाल आइस, मुस्ताङ लगायतका बियर उत्पादन गर्दै आएको कम्पनीमा ३ सयभन्दा बढी मजदुर कार्यरत छन् ।

सीजी ग्रुपले पनि घटना भएको पुष्टि गर्दै कम्पनीका कर्मचारीहरुले बोनस माग गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गरेका र अभद्र व्यवहार प्रदर्शन गरेको बताएको छ ।

‘देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन्,’ कम्पनीले भनेको छ,‘…अहिले उत्पादनको विक्रीमा २५ प्रतिशतले ह्रास आएको छ ।’

तर, मजदुरहरु भने कम्पनीले बाहानाबजी गरेर नियमित पाएको सुविधा खोसेको आरोप लगाएर आन्दोलनमा छन् । मजदुरले कम्पनीका पाँच जना उच्च पदस्थ कर्मचारीमाथि हातपात गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?