
३ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायत क्षेत्रमा गाउँ फर्किनेहरुको भीडभाड छ ।
कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर गन्तव्यसम्म पुगिरहेका छन् । विभिन्न जिल्लाबाट रित्तै काठमाडौं आइरहेका गाडीहरु काठमाडौंबाट फर्किने बेला भने भरिभराउ हुने गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दैनिक झण्डै एक लाख जना बाहिरिने गरेका छन् । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।
प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4