३ कात्तिक, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा आयोजित आइएसएफ यु १५ जिम्न्यासाइडमा काश्य पदक जित्न सफल बक्सिङ खेलाडीद्वय सेरप ग्याल्जेन शेर्पा र प्रकृति थापालाई नगद रकम सहित सम्मान प्रदान गरिएको छ ।
नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३०-३० हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।
समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार उमेश थापा मगर सो रकम प्रायोजन गरेका थिए ।बक्समाण्डु बक्सिङ क्लबका अध्यक्ष स्मृति विश्वास श्रेष्ठको अध्यक्षतामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बक्सिङ खेलको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, खेल पत्रकार निरन्जन राजबंशी, नेपाल बक्सिङ महासंघका सदस्य सुमन कुमार केसी ररेखा थापा मगर, अधिवक्ता सरद राना मगर, समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार राजिवराज गिरी, लालबहादुर महर्जन, उमेश थापा मगर, ईन्द्रकुमार श्रेष्ठर शहदेव राउत थिए ।
त्यस्तै महालक्ष्मी नपा ५ का वडाध्यक्ष कपिल केसी, मिस नेपाल २०१५इभाना मानन्धर, समाजसेवीहरु सोनाम घिसिङ, प्रदिप सुनुवार, प्रतीक केसी, सम्राट श्रेष्ठ, लालबहादुर प्रेरिता श्रेष्ठर कन्चन गुरुङ पनि सम्मानित भए ।
नेपाल विद्यालय खेलकुद महासंघका संस्थापक अध्यक्ष प्रदिप जोशी, उपाध्यक्ष मोहन कार्की, महासचिव राजकुमार कार्की, सचिव सोविन राज रेग्मी, नेपाल बक्सिङ महासंघका प्रतिनिधि तथा केन्द्रिय सचिव पुष्करराज पन्तको उपस्थितिमा गरिएको शुभकामना आदान प्रदानमा बक्समान्डू बक्सिङ क्लबका स साना खेलाडीहरुले बक्सिङ खेलको प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4