+

बुलडग मर्वे : जसले आफू जन्मेको देशलाई विश्वकप क्रिकेटमा हराउन भूमिका खेले

२०८० कात्तिक  ३ गते १५:५५ २०८० कात्तिक ३ गते १५:५५
बुलडग मर्वे : जसले आफू जन्मेको देशलाई विश्वकप क्रिकेटमा हराउन भूमिका खेले

३ कात्तिक, काठमाडौं । ‘बुलडगहरू सधैं कडा परिश्रममा हुनेछन्, वा त्यो बुलडगले सधैं कडा परिश्रम गर्नेछ ? मलाई साँच्चै थाहा छैन यस बारेमा के भन्ने हो’, वानडे क्रिकेट विश्वकपमा श्रीलंका विरुद्ध खेल्ने तयारीमा रहेका नेदरल्याण्ड्सका रोलोफ भान डेर मर्वेले क्रिकइन्फोसँग भने ।

उनीसँग कुरा हुनुअघि डच टोलीले दक्षिण अफ्रिसकालाई पराजित गर्दै सनसनी नतिजा निकालेको थियो । दक्षिण अफ्रिका उनै भान डेर मर्वे जन्मेको देश हो । जसका लागि उनले दशकअघि २६ पटक प्रतिनिधित्व समेत गरेका थिए ।

११ महिना अघि नेदरल्याण्ड्स समूह चरणको अन्तिम खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै टी-२० विश्वकपबाट नकआउट गरेको थियो ।

डच टोलीको दुवै जितमा भान डेर मर्वे मुख्य भुमिका खेले । दुवै अवसरमा उनलाई बुलडग उपनाम दिइयो । जसले उनको दृढता/वा जिद्दीलाई बोल्छ । तपाईँले कुन तरिकाले हेर्नुहुन्छ त्यसमा निर्भर गर्छन् । बुलडग टोलीले देखाएको भावनाको बारेमा वर्णन गर्न प्रयोग गरिएको शब्दहरुमध्ये एक हो ।

त्यसो भए के उनी वास्तवमै बुलडगको मालिक हुन त ?

‘मैले यसको बारेमा सोचिरहेको थिएँ । र मैले केही अनुसन्धान गरेपछि थाहा पाएँ कि ती कडा परिश्रमी हुन्, शिह-पू जस्तै,’ उनले भने ।

नेदरल्याण्ड्सको टोलीको शिह-पू को हुन् ?

‘मलाई सोच्न दिनुहोस्… जो चिसो छ र दिनभरि सुत्न चाहन्छ, भान डर मर्वेले ठूलो स्वरमा आवाज निकाल्छ । ‘म पाउल भान मिकरेनसँग जान्छु ।’

उबर इट्सका पूर्व चालकसमेत रहेका भान मिकरेनसले दक्षिण अफ्रिका विरुद्ध उत्कृष्ट खेले । उनले पनि भान मर्वे जस्तै दुई महत्वपूर्ण विकेट लिए ।

भान मर्वे जस्तै भान मिकरेन पनि जिम्बाव्वेमा भएको विश्वकप छनोटमा नेदरल्याण्ड्सको टिममा थिएनन् । जहाँ डच टोलीले वेष्ट इन्डिज र स्कटल्याण्डलाई पराजित गर्दै भारतमा हुने विश्वकपको टिकट काटेको थियो ।

यो जोडीले नेदरल्याण्ड्सको वर्ल्ड कप सुपर लिग अभियानमा केही खेल खेलेका थिए । हालको टिममा काउन्टी क्रिकेट र अनुभवले धेरै महत्वपूर्ण भूमिका खेलेको छ ।

उदाहरणका लागि हाल डच टिममा रहेका आर्यन दत्त र विक्रमजित सिंह जन्मनुअघि नै भान डेर मर्वेले क्रिकेट खेल्न थालिसकेका थिए ।

१२ वर्षअघि उनी विश्वकप खेल्नेमा आशावादी थिए । हाल टिममा रहेका वेस्ले बरेसी मात्र त्यसबेला डच टिममा थिए ।

तर भान मर्वे भने दक्षिण अफ्रिकाको योजनामा पर्न सकेनन् । त्यसयता उनले ५० ओभरको विश्वकप आफ्नो कथामै नरहेको सोचेका थिए । ‘मेरो विचारमा २०११ दक्षिण अफ्रिकाको लागि छनोट हुने मेरो लागि राम्रो अवसर थियो । तर त्यो हुन सकेन र यो निराशाजनक थियो,’ उनले भने, ‘त्यसपछि मैले यसबारे फेरि राम्रोसँग सोचेको थिइन । ५० ओभरको विश्वकप खेल्न पाउँदा म उत्साहित छु र यो ठूलो सुअवसर हो ।’

उनले दक्षिण अफ्रिकाको लागि अन्तिम पटक २०१० मा वेष्ट इन्डिज टुरमा खेलेका थिए । त्यसबेला टिमले धेरै अट्याकिङ स्पिनर खोजेको थियो । ‘त्यतिबेला इमरान ताहिर पनि उपलब्ध थिए र मिस्ट्री स्पिनर भएकोले उनैले अवसर पाए । मेरो लागि यो निराशाजनक थियो । किनकी उनी गन थिए’, भान डेर मर्वेले भने ।

अहिले भान डेर मर्वे डच टिममा छन् । जहाँ सबै व्यावसायिक स्पोर्ट्स पर्सन छैनन् र उनले आफूलाई टिमको सफलताको मुख्य फेसको रुपमा पाएका छन् ।

उनले आफू एकरुपको प्रदर्शन गर्ने क्रिकेटहर हुन चाहेको बताए । ‘म एक निरन्तर क्रिकेटर बन्न चाहन्छु र दक्षिण अफ्रिकामा मलाई त्यो मात्र हुन आवश्यक थियो र त्यो ठीक थियो । हल्याण्डमा, मैले अलि बढी गरिरहेको जस्तो देखिन्छ तर म अझै पनि निरन्तर प्रदर्शन गर्ने प्रयास गरिरहेको छु । म सुपरस्टार हैन ।’

भान डेन मर्वेले सुरुमा दक्षिण अफ्रिका विरुद्ध ब्याटबाट योगदान गरे । कप्तान स्कट एडवार्डसँग ३४औं ओभरमा क्रिजमा जोइन हुँदा नेदरल्याण्ड्स १४०-७ को अवस्थामा थियो । उनले तत्कालै लय समाते गेराल्ड कोत्जीको बलिङमा १५ रन जोडे ।

भाने मर्वे र एडवार्डको जोडीले आठौं विकेटका लागि महत्वपूर्ण ६४ रनको साझेदारी गर्‍यो । जुन खेलको जितमा निर्णायक बन्यो ।

आफूले सधैं यस्तै खेल्न चाहने र यस्तो अवस्थामा  अझ राम्रो प्रदर्शन गर्ने अवसर हुने मर्वेले बताए । उनले १९ बलमै २९ रन योगदान गरे ।

त्यसपछि बलिङमा उनले दक्षिण अफ्रिकाको टप अर्डरलाई निराश बनाए । उनले कप्तान तेम्बा बभुमालाई पहिले आउट गरे त्यसपछि रसी भान डेर डुसानलाई पभेलियन पठाए । उनको बलिङ फिगर थियो ९-३४-२ ।

भान डेर मर्वे भारतमा जारी विश्वकपका दोस्रो पाका खेलाडी हुन् । उनी ३८ वर्ष भए।  बरेसी सबै भन्दा बुढा हुन् ।

तर मर्वे अझै उत्तिकै जोशका साथ खेलिरहेका छन् र उनी अन्तिम पटक यो प्रतियोगिता खेलिरहेका छन् भन्ने भान हुँदैन । ‘म यस्तो प्रतियोगिता मन पराउँछु । म जे गर्छु त्यसमा म एकदमै प्रतिस्पर्धात्मक मानिस हुँ । केटाहरुसँग चेन्जिङ रुममा हुँदा म साँच्चै यसमा इन्जोए गर्छु । यसले मलाई युवा बनाउँछ ।’

तर केही कुरा भने फरक हुने उनले स्वीकार गरे । प्रशिक्षण गर्ने खेल्ने र शारीरिक कुरामा आफू तयार रहेको बताउने उनले रिकभरीको समय कठिन हुने र लामो हुने बताए ।

उनले जति उमेर बढ्दै गयो त्यति धेरै अनुभव हुने र आफ्नो उमेरमा खेललाई हेर्ने सोच पनि फरक हुने बताए ।

बिहीबारको खेलको अनुभवलाई साराशंमा सोध्दा उनले तीन शब्दमा भने, ‘इट वाज लेकर !’

नेदरल्याण्डस् क्रिकेट विश्वकप क्रिकेट
लेखक
ईएसपीएनक्रिकइन्फोबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय