+
+

कोशीमा विषम परिस्थिति हो, अन्यत्र केही परिवर्तन हुन्न : डा. शेखर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १८:४०

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र संघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको बताए ।

एमालेसँग मिलेर आफ्नो समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले भने, ‘अहिले पनि राप्रपाले विपक्षमा भोट हाल्यो नि ! (गठबन्धन सरकार बनाएको) त्यो बेलामा पनि भोट नहालेको भए मध्यावधिमा जान्थ्यो ।’

पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा आफूले संसदीय दलको नेता परिवर्तन गर्न सुझाव दिए पनि नेतृत्व तयार नभएको उनले बताए । त्यसपछि आफूले कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको कोइरालाले प्रष्ट पारे ।

त्यसलगत्तै सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेका डा. शेखरले कोशीको असर अन्यत्र नपर्ने बताए । ‘कोशीको अहिलेको परिस्थितिले केन्द्रलाई केही असर पार्दैन’ सरकारको नेतृत्व परिवर्तन गर्ने एजेण्डा थियो होइन भन्ने प्रश्नमा उनले भने, ‘कहाँबाट नेतृत्व परिवर्तन हुन्छ, हामीसँग संख्या छ ?’

उनले अघि भने, ‘कहीं पनि केही परिवर्तन हुँदैन । कोशीको विषम परिस्थिति बुझ्नुस् ।’

कोशीमा कस्तो सरकार बन्छ त भन्ने प्रश्नमा उनले जे छ, त्यसलाई मिलाएर जाने बताए । माओवादी केन्द्रका नेताहरुले त एमाले प्रतिपक्षमा बस्नुपर्छ भनेको छ नि भन्ने प्रश्नमा कांग्रेस नेता डा. कोइरालाले भने, ‘को भित्र घुस्यो, को बाहिर निस्कियो नहेर्नुस् । दशैंपछि विस्तारै सल्टिंदै जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?