+

जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै

२०८० कात्तिक  ४ गते ७:१७ २०८० कात्तिक ४ गते ७:१७
जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै

४ कात्तिक, काठमाडौं ।मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपाल सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली यू-१९ एसिया कपमा छनोट हुनेछ ।

अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू-१९ एसिया कप पुग्ने अवसर हुनेछ ।

सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू-१९ एसिया कपमा पुग्नेछ ।

नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए ।

एसीसी यू–१९ प्रिमियर कप नेपाली क्रकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय