
काठमाडौँ । दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । दशैं फूलपातिको अवसरमा शनिबार यो रोम-कम ड्रामाको निर्माण घोषणा भएको हो ।
तीनै जना कलाकार फिल्ममा अनुबन्धित भैसकेको जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिए । उनका अनुसार छायांकन मंसिर १५ गतेदेखि सुरु हुने छ । यही फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।
उनी फिल्मका लागि दशैंपछि अमेरिकाबाट नेपाल आउने तयारीमा छिन् । दशैं लगत्तै फिल्मको कार्यशाला थाल्ने तयारी छ । पटकथा लेखन खगेन्द्र लामिछानेको हुनेछ ।
रोहित अधिकारी फिल्म्स र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको फिल्मको निर्मातामा रोहित अधिकारी र ओमप्रकाश अग्रवाल निर्माता छन् । मनोज ओली र रामु न्यौपाने सह-निर्माता हुन् । सुजन चापागाईंको संगीत र सुसन प्रजापतिको छायांकन हुनेछ ।
प्रतिक्रिया 4