+
+

९६ प्रतिशत किसान बीमा पहुँचबाट बाहिरै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते ११:२८

४ कात्तिक,काठमाडौं । कृषि बीमामा किसानको पहुँच निकै न्यून रहेको पाइएको छ ।

सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ ।

गत महिना सार्वजनिक २०७८ को सातौं गणनाको नतिजाअनुसार देशभरका एक लाख ८२ हजार ४ सय किसान मात्रै हालसम्म बीमाको पहुँचमा छन् । जुन कुल कृषक परिवार संख्याको ४ प्रतिशत मात्रै हो । अर्थात ३९ लाख ४८ हजार ३ सय किसान परिवार अझै बीमाको पहुँचबाट टाढै छन् ।

तथ्याङ्कअनुसार बीमाको पहुँचमा रहेका मध्ये पनि ८४ प्रतिशत किसानहरुले पशुपन्छीका लागि मात्रै बीमा गरेको बताएका छन् ।

खाद्यन्न बालीका लागि १४ हजार, तरकारी बालका लागि ५ हजार ८ सय, फलफूल बालीका लागि ५ हजार २ सय र पन्छी पालनका लागि ९ हजार ६ सय किसानले बीमा गरेका छन् ।

यस्तै,पशुपालनका लागि एक लाख ५४ हजार किसानले बीमा गराएका छन् भने माछा पालन गर्ने ४ हजार ३ सय किसान मात्रै बीमाको पहुँचमा छन् ।

कृषिको अन्य क्षेत्रमा बीमाको सचेतना र पहुँच झनै कमजोर देखिएको तथ्याङ्कमा उल्लेख  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?