४ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएर खेलिरहेका छन् ।
यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया 4