
क्रिजमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल ।
४ कात्तिक, काठमाडौं । हङकङविरुद्ध खराब सुरूवात गरेको नेपालको पारी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले सम्हालेका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर कुशल र दीपेन्द्रले राम्रो साझेदारी गरे । १६ ओभरको खेल सकिँदा ८१ रनको साझेदारी गरेका छन् ।
कुशल मल्ल ४७ र दीपेन्द्र सिंह ऐरी ३६ रनमा क्रिजमा छन् ।
यसअघि नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए ।
त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4