
४ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए ।
लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जपानले २५ ओभरमा १८७ रनको लक्ष्य पाएको छ ।
जपानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सुरुवाती २ ओभरमा नेपालले २ विकेट लिएको छ । जापानको स्कोर ६/२ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4