
५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले भोजपुर, आमचोक गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालय दुम्मानालाई अक्षयकोषका लागि संकलन गरिएको ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
किरातीले मन्त्री पद ग्रहण गरेपछि शुभेच्छुकहरुसँग खादा माला लगाइदिनुको सट्टा शिक्षाका लागि सहयोग गर्न अनुरोध गर्दै सहयोग पेटिका राखेका थिए । त्यसमा संकलन भएको ६ लाख ४३४ रुपैयाँ विद्यालयलाई अक्षयकोष स्थापनाका लागि उनले हस्तान्तरण गरेका छन् ।
मन्त्री किरातीका अनुसार उक्त अक्षयकोषको ब्याजबाट आउने रकमको २५ प्रतिशत साँवामा थपिँदै जाने र बाँकी रकम एसईईमा हरेक वर्ष उत्कृष्ट हुने छात्राछात्रलाई प्रदान गरिनेछ ।
यसले विद्यार्थीलाई पढ्न हौसला मिल्ने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4