
भूकम्पपछि खरीमा गएको सुख्खा पहिरो ।
५ कात्तिक, काठमाडौं । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4