+

त्रिकोणात्मक सिरिज : यूएईले पाँचौ विकेट गुमायो

२०८० कात्तिक  ६ गते १२:१५ २०८० कात्तिक ६ गते १२:१५
त्रिकोणात्मक सिरिज : यूएईले पाँचौ विकेट गुमायो

६ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले पाँचौ विकेट झारेको छ ।

पाँचौं विकेटको रुपमा वृत्य अरविन्द आउट भए । उनलाई अभिनास बोहराले बोल्ड आउट गरे । अरविन्द ४५ रन बनाएर पेभेलियन फर्किए ।

चौथो विकेट कुशल मल्लले हात पारेका थिए । उनको बलमा अलिशान शराफू रनआउट भए । वृत्य अरविन्द एउटा एण्डमा पुगे र तर शराफू त्यहीँ रहे र ९ रनमा रनआउट भए ।

त्यसअघि गुल्शन झाको बलमा आसिफ खान आउट भएका थिए । गुल्शनले सोमपाल कामीको हातबाट खानलाई क्याचआउट गराएका हुन् । खानले १८ रन बनाए ।

त्यसअघि सोमपालले २ विकेट लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिएका थिए । यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराएका सोमपालले त्यसअघि यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए ।

यूएईका कप्तान वासिम ८ रनमा र खालिद तीन चौकासहित १२ रनमा आउट भए ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।

हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ ।

त्रिकोणात्मक सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय