+

नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

२०८० कात्तिक  ६ गते १२:४२ २०८० कात्तिक ६ गते १२:४२
नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।

निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

नेपाली क्रकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय