+

यूएईविरुद्ध नेपालको खराब सुरुआत

२०८० कात्तिक  ६ गते १३:२६ २०८० कात्तिक ६ गते १३:२६
यूएईविरुद्ध नेपालको खराब सुरुआत

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ ।

नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको चौथो बलमा मात्र एक रन जोडेर आउट भए ।

आशिफ सेखलाई साथ दिन आएका सोमपाल कामी पनि १.५ ओभरमा अकिफ राजाको बलमा वृत्य अरविन्दबाट क्याच आउट भए । उनले जम्मा २ रन बनाए । त्यसपछि आएका कुशल मल्ल २.१ ओभरमा शून्य रनमै आउट भए । ओभरको पहिलो बल वाइड भएको थियो । उनी दोस्रो बलमा रन आउट भए ।

नेपालले तीन विकेट गुमाउँदा ११ रन मात्रै बनाएको थियो ।

अहिले आशिफसँग कप्तान रोहित क्रिजमा छन् ।

यसअघि यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

 

 

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय