
काठमाडौं । अघिपछिको समयमा तपाईंलाई फिल्म हेर्ने फुर्सद छैन भने, दशैंको लामो बिदा मौका हुनसक्छ । घुमघाम, रमाइलो गर्ने त छँदै छ, फिल्मप्रेमी हुनुहुन्छ भने युट्युवमा उपलब्ध केही फिल्म तपाईंका लागि दशैंको समय कटाउने माध्यम बन्न सक्छन् ।
१) पशुपति प्रसाद : सातवर्षअघि रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा खगेन्द्र लामिछाने, बिपिन कार्की लगायतको शीर्ष भूमिका छ । बाबुको ५० हजार ऋण तिर्न भूकम्पपछि काठमाडौं पसेको पशुपतिप्रसाद नामक पात्रले यहाँ बाँच्नको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । अहिले यो फिल्मको स्पिन-अफ पनि चलिरहेको छ । यो फिल्मलाई युट्युवमा हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
२) फूलबारी : रामबाबु गुरुङ निर्देशित फिल्ममा बिपिन कार्की, दयाहाङ राई र प्रियंका कार्की लगायतको शीर्ष भूमिका छ । सन्तान र तिनका अभिभावकबीचको सम्बन्धको कथा यसमा समावेश छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
३) कबड्डी ३ : नेपाली फिल्म इतिहासमा सबैभन्दा धेरै कमाउने कीर्तिमान रचेको सिरिजको तेस्रो श्रृंखला तपाईंका लागि दर्शनीय बन्न सक्छ । दयाहाङ राई लगायतको अभिनय रहेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
४) छक्कापञ्जा ३ : दीपकराज गिरीको शीर्ष भूमिका रहेको यो मल्टिस्टारर फिल्ममा वैदेशिक रोजगारी र अध्ययनको सामाजिक प्रभावको कथा पेश गरिएको छ । कमेडी र सामाजिक कथावस्तुका फिल्ममा रुचि छ भने तपाईंलाई यो फिल्म रुचिकर हुनसक्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
५) नुमाफुङ : नवीन सुब्बा निर्देशित यो फिल्मले गाउँले नेपाली किशोरी नुमा (अनुपमा सुब्बा)को कथा भन्छ । लिम्बु समुदायको कथा बुझ्न र परख गर्न यो फिल्म महत्वपूर्ण हुनसक्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
६) दुई नम्बरी : दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म दशैं बिदामा हेर्न योग्य फिल्म बन्नसक्छ । दीपेन्द्र लामा निर्देशित यो फिल्मले बक्स अफिसमा समेत राम्रो कमाइ गरेको थियो । युट्युवमा हेर्न यहाँ क्लिक गर्नूस ।
७) टलकजंग भर्सेस टुल्के : खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा अभिनित यो फिल्मलाई समीक्षकले रुचाएका थिए । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
८) कागबेनी : अनुप बराल निर्देशित यो फिल्म बेलायती लेखक डब्लुडब्लु जेकब्सको छोटो कथा ‘द मोकिन्ज प्वा’मा आधारित रहेर बनाइएको छ । यो नेपालको पहिलो डिजिटल फिल्म हो । भूषण दाहाल निर्देशित फिल्ममा सौगात मल्ल, निमा रुम्बा, दिया मास्केको अभिनय छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
९) जेरी : हेमराज बीसी निर्देशित यो फिल्ममा अनमोल केसी र आना शर्माको शीर्ष भूमिका छ । आनाको यो डेब्यु फिल्म हो । मुस्ताङ घुम्न निस्किएका दुई साथीको प्रेम सम्बन्धलाई लिएर बनाइएको यो फिल्म दशैं बिदामा हेर्न सकिने योग्य फिल्म हो । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
१०) हरि : बिपिन कार्कीको शीर्ष भूमिका रहेको यो फिल्म साइकोलजिकल/थ्रीलर विधामा बनेको छ । बक्सअफिसमा हिट नभएपछि घरेलु फिल्मको यो दमदार सिनेम्याटिक क्राफ्ट अवश्य हो । यो फिल्मले रुढीवादी अधवैंशे पुरुषको कथा पेश गर्छ । युट्युवमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4