+
+

यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ७:२९
फाइल फोटो

७ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?