+
+

गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ७:४५
फाइल फोटो

७ कात्तिक, गोरखा । गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?