७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले फुलहममाथि २–० को सहज जित हात पारेको छ र अंंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमले ३६ औं मिनेटमा सन हेङ–मिनको गोलबाट अग्रता लिएको थियो । फुलहमका केल्भिव बासीको कमजोर पासलाई टोटनहमका मिकी भान डे भानले कट गरे, अनि रिचालिसनले दिएको पासमा सनले सुन्दर गोल गरे ।
५४औं मिनेटमा दोस्रो गोल पनि झण्डै त्यही शैलीमा भयो । बासीको पासलाई टोटनहमका खेलाडीले कट गरेर दिएको बलमा सनले पास दिए, म्याडसनले गोल गरे ।
एन्ज पोस्टेकोग्लुको प्रशिक्षणमा टोटनहमले यो सिजन एउटा खेल पनि गुमाएको छ । आर्सनल र ब्रेन्टफोर्डसँग बराबरी खेलेर अंक बाँडेको टोटनहम ९ खेलबाट २३ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेल खेलेको डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटी २१ अंकका साथ दोस्रो र आर्सनल पनि २१ अंककै साथ तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4