
काठमाडौँ । अभिनेता राजेश हमालले बुधबार मात्र दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिए ।
सामाजिक संजालमार्फत दशैंको शुभकामना दिँदै उनले टीका समारोहका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, हमाल र उनकी पत्नी खुशिको मुद्रामा देखिएका छन् । विजया दशमीकै दिनमा आमाको निधनको तिथि पर्ने भएकाले उनले त्यसको भोलिपल्ट मात्रै टीका लगाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4