+
+

सकियो दशैं बिदा, फर्किंदै कार्यथलो (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० कात्तिक ९ गते १७:१६

९ कात्तिक, काठमाडौं । दशैं बिदामा घर फर्किएकाहरू कार्यथलो फर्किन थालेका छन् ।

बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ ।

त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।

शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।

घरबाट फर्किनेहरू बढेपछि काठमाडौंका चोक र बसपार्कमा पनि भीडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ ।

सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?